केही दिन अघि निर्माण घोषणा गरिएको चलचित्र ‘घर’मा नायिका फाइनल गरिएको छ । चलचित्रमा नायिका सुरक्षा पन्त अनुबन्धित भएकी हुन् ।घरको निर्माण घोषणा गरेसँगै चलचित्र युनिट नायिकाको खोजीमा थियो । यही क्रममा सुरक्षा र निर्माण कम्पनी डिएस डिजिटलबिच बिहीबार सम्झौता भएको थियो । चलचित्रका निर्मातामध्य एक रहेका दिपेन्द्र के खनालले सामाजिक सञ्जालमार्फत नायिका तय भएको जानकारी गराएका थिए । यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्माण टिमको अनुसार चलचित्रमा दुई नायिकाको हुनेछन् जसमा सुरक्षा फाइनल भएता पनि अब एक नायिका तय हुन बाँकी रहेको छ । यो चलचत्रिलाई सर्मिला पाण्डेले निर्देशक दिपेन्द्र के खनालसँग सहकार्य गरेर निर्माण गर्न लागेकी हुन् ।