गत वर्षको सफल चलचित्र '२ रुपैयाँ'को टिम यती बेला आफ्नो अर्को चलचित्र 'डामाडोल'को तयारीमा रहेको छ । लेखनको अन्तिम तयारी पुरा भइसकेको र फाल्गुनको पहिलो साताबाट चलचित्रको छायाङ्कन सुरु हुने निर्माण पक्षले जनाएको छ । यो सँगै चलचित्र ' डामाडोल ' अर्को वर्ष २०७६ को साउन ३० गते प्रदर्शन हुने पक्का भएको छ ।

 

आसिफ शाह र निश्चल बस्नेतको मुख्य भूमिका रहने चलचित्रलाई असिम शाहले निर्देशन गर्नेछन् । चलचित्रमा समावेश अन्य कलाकार र प्राविधिक भने अहिले सार्वजनिक गरिएको छैन । 'डामाडोल'लाई काठमाडौँमा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।