नेपाली सिनेमा नगरीको हटकेक हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । डेव्यु चलचित्रबाट नै साम्राज्ञीको बोल्डनेस, अभिनय र बोलीको निकै चर्चा भयो । हालसम्म हेर्ने हो भने साम्राज्ञी अभिनित प्राय चलचित्र सफल छन् । पछिल्लो समयकी व्यस्त यी नायिका चलचित्र प्रमोसन बाहेक खासै सार्वजनिक कार्यक्रममा उति पुुग्दिनन् ।

तर सनिबार एक लेडिज वयरको उद्धाटनमा साम्राज्ञी पुुगेकी थिइन् । नेपालका चर्चित फेसन डिजाइनरका रुपमा चिनिने युवी थापाको ‘युरेशा लेडिज रेडी वएर’को उद्घाटनमा साम्राज्ञी पुुगेकी थिइन् ।

साम्राज्ञीको हातबाट ‘युरेशा’ उद्धाटन

युुवी मन पर्ने डिजाइनर भन्दै साम्राज्ञीले उक्त सोरुमको रिवन काटिन् । रिवट काट्ने कार्यक्रममा साम्राज्ञीसँग आमा नेहा राज्यलक्ष्मी शाह र प्रेमी देवांशु राणाको साथमा पुगेकी थिइन् ।

साम्राज्ञीको हातबाट ‘युरेशा’ उद्धाटन