नायक पल शाह र डेब्यु नायिका श्रद्धा छेत्रीको मुख्य भूमिका रहने गरी चलचित्र ’हृदय भरी’को औपचारिक घोषणा गरिएको छ । चलचित्रमा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहने छ ।

 

चलचित्रमा पल शाह र श्रद्धाका अलावा निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे ,सुमन श्री लगायतको अभिनय रहनेछ ।


चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा .लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । प्रेम कथामा निर्माण हुने चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

cinepati cinepati

 

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने छ ।

cinepati cinepati cinepati