करिब सात बर्षको बोलचाल बन्द पछि नायक आर्यन सिग्देल र नायिका रेखा थापाको सम्बन्ध अहिले सुमधुर छ । हाल रेखा र आर्यन चलचित्र ‘रुद्रप्रिया’को सुटिङमा व्यस्त छन् । पछिल्लो समय आर्यन सिग्देलको सबैभन्दा राम्रो सम्बन्ध निर्देशक दिनेश राउतसँग थियो ।  निर्देशक राउतको चलचित्रहरु ‘आई एम सरी, नोभेम्बर रेन र क्लासिक’ मा आर्यन प्रमुख कलाकार छन् भने चलचित्र सफल पनि भएका छन्  तर, यतिबेला आर्यनको सम्बन्ध निर्देशक राउतसँग पनि बिग्रएको छ । बुझिए अनुसार आर्यन नायिका रेखासँग नजिक भएपछि उनीहरुको सम्बन्ध चिसिएको हो । आर्यनलाई लिएर दिनेशले ‘टकिला सनराइज’ बनाउने तयारी गरेका थिए । चलचित्रको लागी आर्यनले आफ्नो तौल घटाउनु पर्ने थियो । तर , आर्यनले पछि चलचित्रको कथा मन नपरेको भन्दै आफु काम नगर्ने भनेर टाढिए । त्यस्तै रेखा र आर्यन एकअर्काको मुख समेत हेर्दैनन् थिए । आर्यनले रेखासंग चलचित्रमा काम नगर्ने भनेर पनि धेरैलाई भनेका छन् । तर आफ्नै बोलीको पक्का नरहेका आर्यनले रेखासँग चलचित्रमा अनुबन्धित भए । जुन कुराले पनि दिनेश टाढिएका भन्ने गरिन्छ । 

यसअघि पनि आर्यनको निर्देशक सुर्दशन थापासँग राम्रो सम्बन्ध थियो । आर्यन सिग्देललाई परिचित बनाउन सुर्दशन थापाको ठुलो हात छ भन्ने गरिन्छ । सुदर्शनसंग आर्यनले केहि राम्रा चलचित्रमा काम पनि गरे । तर, पछि यो सम्बन्ध धेरै समय टिक्न सकेन् । सुदर्शनसँग सम्बन्ध बग्रिए पछि आर्यन नायकका साथै निर्माता रहेका हसनराजा खानसँग नजिक भए । केहि समय यो दोस्ती मज्जाले चल्यो । अरु जस्तै आर्यन उनीसगँ मिल्न सकेनन् । 
एकजनालाई पाएपछि अरु साथीलाई वास्ता नगर्ने आरोप सिनेमा नगरिमा आर्यनलाई लगाँदै आइरहेको छ । उनको यस्तो बानीले उनको जीवन र करियरमा कतिको फाइदा पुर्याउला त्यो भने पक्कै पनि आर्यनले सोचेकै होलान् ।