अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहने गरी चलचित्र 'सानो मन'को औपचारिक घोषणा गरिएको छ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ ।

चलचित्रलाई डेब्यु निर्देशक सुयोग गुरुङले निर्देशन गर्नेछन् । चलचित्रमा समिर सुनवार र निर्देशक गुरुङको लेखन रहेको छ । आलोक शुक्लाले खिच्ने चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । चलचित्रमा सुयोग सोताङको संगीत रहनेछ ।

'सानो मन'को घोषणा सभामा अभिनेत्री गौरी मल्लको जन्मदिन समेत सेलिब्रेट गरिएको थियो ।