नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजना आगामी फागुन ९ देखि १३ गतेसम्म राजधानीको सभागृहमा दोश्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ प्रोमो सार्वजनिक गर्दै वरिष्ठ चलचित्रकर्मी यादब खरेलले महोत्सवको औपचारिक शुभारम्भ गरेका थिए ।महोत्सवमा नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु देखाइने छ । जसमा ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ वटा नेपाली चलचित्र देखाइने छ भने विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म रहेका छन् । प्रदर्शन भएका मध्ये एक उत्कृष्ट फिचर फिल्म एक हजार अमेरिकी डलरसहित पुरस्कृत हुनेछ । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाउने छ ।

cinepati

नेपाली पानोरमामा उत्कृष्ट घोषित फिचर फिल्मलाई पचास हजारसहित पुरस्कृत गरिनेछ । उत्कृष्ट नेपाली सर्ट फिल्मले पच्चीस हजार रुपैयाँ पाउने छ । नेपाली फिल्मका लागि उत्कृष्ट निर्देशक तथा लेखकका लागि पनि अवार्ड दिइने बताइएको छ ।

निर्णायक संयोजकको रूपमा कलाकार निर शाह छन भने सदस्यहरुमा निर्देशक नवीन सुब्बा, चिनियाँ निर्देशक प्रा.डा. लियान क्यो, भारतीय फिल्म लेखक प्रेमेन्द मजुमदार, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक तथा फोर्ट नाइट फिल्म सेक्सनका सदस्य आनी दिलसेथ रहेका छन् ।

पहिलो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पोखरामा सम्पन्न भएको थियो ।

cinepati