फागुन १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र 'प्रेमलीला'को ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अली खान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय रहेको छ । जनक पाण्डे निर्देशीत 'प्रेमलीला' फैजली फिल्मस् प्रोडक्सनको ब्यानरमा दिपशिखा खड्का र नानी मैया कार्कीले संयुक्त रुपमा सिनेमा निर्माण गरेकाका हुन् ।

 

'प्रेमलीला'मा नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक राम दुलालको सम्पादन रहेको छ । चलचित्रको फस्टलुक पोस्टर र दुई गीत सार्वजनिक भइसकेको छ । चलचित्रमा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।