आज शुक्रबारबाट चलचित्र 'गरुड पुराण' प्रर्दशनमा आएको छ । सुवास कोईरालाले निर्देशन गरेको गरुड पुराण हास्य प्रधान चलचित्र हो । चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रविण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियँका सिंह, कमल देवकोटासहितको अभिनय छ ।

आकाश बराल, बिनोद खतिवडा र सुवासले लेखेको यो फिल्मको कथा कसम नेपालले तयार गरेका हुन् । फिल्ममा निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । यो चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोसिस क्षत्रीको संगीत, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।