पछिल्ला केही सातादेखि चर्चित पत्रकार रवि लामिछानेको बिषयमा बिभिन्न समाचारहरु भाइरल भइरहेका छन् । अझ भनौ रविकी पुर्व पत्तिसँगको सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा चलेको थियो । सोहीबेला रविको नाम चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग जोडिएको थियो ।यी दुईको बिषयमा निकै समाचार बन्यो तर दुवैले आफुहरु बिच कुनै सम्बन्ध नभएको बताएका थियो । रविको व्यक्तिगत जिवनमा बिषय सेलाउदै गर्दा आइतबार रवि र निकिताले कोर्ट म्यारिज गरेका छन् । फेसबुकमा रविले निकितासँगको तस्बिर सेयर गर्दै उक्त कुराको जानकारी दिएका हुन् । रवि आफ्नो र निकिताको सम्बन्ध बारेमा धेरै खोजी भएको जसको कारण आफुहरुलाई मानसिक तनाव भएको लेखेका छन् ।
यस्तो छ उनको लेख :
'ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।'