चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । लभ स्टोरी जनरामा बनेको चलचित्रको ट्रेलरमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज र शिल्पा मास्केबिचको प्रेम र झगडालाई देखाइएको छ । हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा कथा र पटकथा बिसीकै रहेको छ । चलचित्रमा आशिरमान र शिल्पाको अलावा रेमनदास श्रेष्ठ, इच्छा कार्की र सरोज खनालको मुख्य भूमिका रहेको छ । चलचित्रमा छायाङ्कन नरेन्द्र मैनालीको रहेको छ भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ । चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रूपमा निर्माण गरेका छन् । यो चलचित्र फागुन १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।