अभिनेता अर्पण थापाको निर्देशन रहेको चलचित्र ‘घर’को छायाँकन सुरु भएको छ । केही साता अघि काठमाडौँमा आयोजित कार्यक्रमबिच निर्माण घोषणा गरिएको घरको सोमबारबाट छायाँकन सुरु भएको हो । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।

सुरु भयो अर्पणको ‘घर’को छायाँकन 

यो चलचित्रमा अर्पण थापाको कथा तथा निर्देशन छ । चलचित्रमा अर्पणका साथमा नायिकाद्धय वेनिशा हमाल, सुरक्षा पन्त र कलाकार अस्मिता खनालको मुख्य भूमिका रहनेछ ।
शर्मिला पाण्डेको लगानीमा बन्न लागेको यो चलचित्रलाई २० दिन लगाएर खिचिनेछ । बुढानिलकण्ठ आसपासमै चलचित्र खिचिने निर्मातामध्येका एक दिपेन्द्र के खनालले जानकारी दिए । निरज कँडेलले चलचित्रको छायांकन गर्नेछन् ।