चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक विशेष कार्यक्रम गर्दै चलचित्रको पहिलो गीत ‘तिम्रै छेउ सरु कि म...’ सार्वजनिक भएको हो । सार्वजनिक गीतमा महाराज थापाको शब्द र संगति रहेको छ भने स्वर अन्जु पन्तको रहेको छ । गीतमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्की फिचर्ड छिन् । त्यस्तै गीतको अन्त्यमा नायक आयुष्मान देशराजको इन्ट्रि रहेको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । पुर्वको इलाम, झापा लगायतका बिभिन्न मनमोहक दृश्यमा भिडियो छायाँकन गरिएको छ ।  

योगेश घिमिरेको निर्देशन र सञ्जय न्यौपानेको लगानी रहेको चलचित्र ‘प्रेमदिवस’मा प्रियंका कार्की र आयुष्मान देशराजको साथमा शिवशंकर रिजाल, विशाल खरेलको मुख्य भूमिका रहेको छ । आँउदो बर्षको जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन रहेको छ भने बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।