चर्चित युवा ज्योतिष हरिहर अधिकारीको डेव्यु चलचित्र ‘शुभ लभ’को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रम बिच चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । रिलिज भएको रोमान्टिक गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने निशान भट्टराईको स्वर रहेको छ ।

ज्योतिष हरिहरको रोमान्टिक अवतार, हेर्नुस् ‘शुभ लभ’को गीत (भिडियो)

गीतमा हरिहरसँगै नव नायिका क्रिस्टिन पौडेलको अभिनय रहेको छ । यो बर्षको फकाउने गीत भनेर टाइटल दिइएको उक्त गीतमा हरिहर क्रिस्टिनसँग रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । प्रदिपकुमार उदय प्र्रस्तुतकर्ता रहेको चलचित्रमा लगानी धर्मराज सुवेदीको रहेको छ । यो चलचित्र चैत्र १५ गतेबाट रिलिज हुने तयारीमा छ ।