मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । भिटिज भिसामा बोलको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ भने निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतमा हरिवंश आचार्यको शब्द रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफीमा बनेको भिजिट भिषामा बोलको गीतमा चलचित्रका अधिंकाश कलाकारहरु फिचर्ड छन् । गीतमा मुख्यकलाकारहरु हरिवंश आचार्य, निरिुता सिंह, बर्षा राउत, आँचल शर्मा, पुष्प खड्का र राजाराज पौडेलले कम्मर मर्काएका छन् ।

सुदन केसीको डेव्यु निर्देशन रहेको चलचित्रमामा हरिवंश, निरुता, बर्षा, आँचल, पुष्प र राजारामको अलावा प्रियंका कार्की, शिवहरी पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा लगानीकर्ताको रुपमा रमिला आचार्य, नरेन्द्र कंसकार, शिवहरि पौडेल, यमन श्रेष्ठ रहेका छन् । चलचित्रमा हरिवंशको कथा, पटकथा तथा संवाद रहेको छ भने दिर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।