फागुन ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘जोकर’ अर्थात जादुगर २को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक तथा कलाकार महादेव त्रिपाठीको जादु र अभिनय रहेको चलचित्रमा सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ अर्थात जोकर कथा बिशेष पन्तको रहेको छ । चलचित्रलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई कारण श्रेष्ठ क्रेजीले वितरण गर्दैछन् ।