चलचित्र ‘नाई न भन्नु ल ५’बाट नेपाली सिने जगतमा कम ब्याक गरेकी अभिनेत्री निरुता सिंह पछिल्लो समय चलचित्रकै काममा निकै व्यस्त छिन् । केही दिन अघि मात्रै चलचित्र ‘दाल भात तरकारी’को छायाङ्कन सकाएर मुम्बई फर्किएकी निरुता यति बेला पुनः नेपाल आइसकेकी छिन् । उनी नेपाल फर्किनुको कारण भने युवा स्टार अनमोल केसीको चलचित्र ‘क्याप्टेन’को छायाङ्कनको लागी हो । करिब एकबर्ष अगाडी निरुताले एक कार्यक्रममा आफूलाई अनमोलसँग काम गर्ने चाहना व्यक्त गरेकी थिइन् । बुझिएअनुसार अनमोलले आग्रह गरेपछि निरुता क्याप्टेनमा खेल्न राजी भएकी हुन् । क्याप्टेनमा समावेश भएको एक गीतमा निरुताको नृत्य रहनेछ । जसको छायाङ्कन केही दिन भित्र सुरु हुने बताइएको छ ।
उक्त गीतमा निरुताको जोडी बनेर अभिनेता भुवन केसी नाच्ने भएका हुन् । गीतमा अनमोल, निरुता र भुवनको नृत्य रहेन छ । यही आउने फागुन १७ गतेबाट रिलिज हुन लागेको क्याप्टेनको केही समय अघि एक गीत रिलिज भइसकेको छ भने ट्रेलर यही साता रिलिज हुदैँछ । चलचित्रमा अनमोललाई एक फुटबलरको भूमिकामा देख्न पाइनेछ ।दिवाकार भट््टराईको निर्देशन रहेको क्याप्टेनमा अनमोलसँगै नायिकाद्धय उपासना सिंह ठकुरी र प्रियङ्का एमभी, सुनिल थापा, विल्सन विक्रम राई, प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ ।