पूर्व मिस नेपाल निकिता चाण्डक नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । चलचित्र ‘रानीमहल’बाट डेव्यु गर्ने तरखरमा रहेकी निकिता चलचित्र ‘साङ्लो’मा अनुबन्धित भएकी हुन् । साङ्लोलाई अभिनेता बिराज भट्टले निर्देशन गर्ने लागेका हुन् भने चलचित्रमा उनको मुख्य भुूमिका रहनेछ । बिराजको यो डेव्यु निर्देशकिय चलचित्र रहने छ । निकिताले रानीमहलको आधा छायाँकन सकिसकेकी छिन् । आर्थिक कारणले रानीमहलको छायाँकन रोकिएको लामो समय भइसकेको छ । बुझिएअनुसार निकिताले रानीमहल छाडे सकेकी छिन् । यदि रानीमहल निकिताले छाडेको हो भने साङ्लो उनको डेव्यु चलचित्र हुनेछ । चलचित्रमा बिराज र निकिता जोडीको रुपमा देखिनेछन् । चैत्र १ गतेबाट छायाँकन हुने चलचित्रको छायाँकन काठमाडौँ, पोखरा लगायतका स्थानमा हुनेछ । पछिल्लो समय भोजपुरी चलचित्रमा व्यस्त रहेका बिराजले करिब ५ बर्षपछि जय परशुराम मार्र्फत कमब्याक गरेका थिए । जुन असफल भएको थियो ।