यही आउँदो शुक्रवारबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘रणवीर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘मायामा..’ बोलको गीत आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा सङ्गीत रहेको छ भने स्वर हर्कुलस र प्रविशा अधिकारीको रहेको छ । चलचित्रका दुई मुख्य कलाकार सुवेक्षा खड्का र सुशील सिटौला फिचर्ड रहेको गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् । चलचित्रमा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवि गिरी , भोला राज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको चलचित्रको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । चलचित्रलाई प्राची फिल्म्स र डिआर चलचित्रको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।