अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को औपचारिक निर्माण घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित भव्य समारोह बिच चलचित्रको घोषणा गरिएको थियो । म्युजिकल लभ स्टोरीमा बन्न लागेको चलचित्रमा पूजाको साथमा दुई नायक आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भूमिका रहने छ । सोनम यसै चलचित्रबाट सिने नगरीमा डेव्यु गर्दैछन् । सुदर्शन थापाको निर्देशन बन्ने चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गर्नेछ । युकेमा अधिंकाश छायाङ्कन हुने यस चलचित्रको केही दृश्यमात्र नेपालमा छायाङ्कन हुने छ । यो चलचित्रमा पूजा, आकाश र सोनमको साथमा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यको मुख्य भूमिका रहनेछ । महेश दवाडीको कथा रहने यस चलचित्रमा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगति रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी रहने छ । यहि फेव्रुअरी ९ बाट छायाङ्कन सुरु हुने चलचित्रको टिम फेव्रुअरीको पहिलो साता युके जादैँछन् । एवी इन्टरटेन्मेन्टको ब्यानरबाट बन्न लागेको चलचित्रलाई अमित बस्नेतले निर्माण गर्न लागेका हुन् ।