नेपाली सिनेमा गीत गजलको एक गीतको हाल गोवामा धमाधम छायाङ्कन भइरहेको छ । निर्देशक नितिन चन्दले गोवाका रमणीय स्थानमा सिनेमाको गीत खिचिएको बताए । छायाङ्कन भइरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिदै छ । गीत गजल निर्देशक चन्दको दोस्रो निर्देशकीय सिनेमा हो ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको छायाङ्कन भइरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अञ्जु पन्तको स्वर छ । छ कि छैन् थाहा बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ । भने मुम्बईका मेकअप म्यानले कलाकारको मेकअप गरेका छन् ।
आरोहण क्षेत्रीले निर्माण गरेको सिनेमा गीत गजलमा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । निर्देशक नितिन चन्दले आफुले सिनेमाको गीतलाई उत्कृष्ट बनाउन कुनै कसुर बाँकी नछोडेको बताए । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायाङ्कन गरेका हुन् ।
सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायाङ्कन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ ।