यहि माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’ले सोमबारमा प्रिमियर शो सम्पन्न गरेको छ । कमलपोखरी स्थित कुमारीहलमा आयोजना गरेको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार लगायत बिभिन्न क्षेत्रका बिशेष व्यक्तीहरुको उपस्थित रहेको थियो । दृढ इच्छा शक्ति र निरन्तरको प्रयासले देश मै राम्रो उद्धम गर्न सकिन्छ भन्ने संदेश बोके चलचित्रको विशेष शोमा नेपाली राजनिनैतिक व्यक्तिहरु, सरकारी उच्च ओहोदामा रहेका व्यक्तिहरु, व्यापारीहरुसंगै विभिन्न कलाकारहरुको उपस्थिती रहेको थियो ।

बिपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्यल भूमिका रहेको चलचित्रले गाई पालक कृषक को कथा समेटिएको छ । चलचित्र हेरेर निस्किएका अधिंकासले चलचित्रको कन्टेन्टको तारिफ गरेका थिए । चलचित्र हरेपछि कलाकार तथा निर्माता दिपकराज गिरीले भने ‘गोपी हेर्न फरक दृष्टीकोण चाहिन्छ । किसानहरुले गौरव गर्न लायक चलत्रि बनेको छ ।’ त्यस्तै निर्देशक दिपाश्री निरौलाले चलचित्र हेरिरहन्दा आफुले ३५ बर्ष अघि पालेको गाईको याद आएको बताइन् । कलाकार जितु नेपालले नेपाल सरकार कृषी मन्त्रालयले निर्माण गर्नु पर्ने खालको चलचित्र निजी क्षेत्रबाट निर्माण भएको र यसलाई कृषी मन्त्रालयले अन्तर्गत विशेष चलचित्र घोषणा गर्नु पर्ने बताए । 

‘गोपी’को प्रिमियर शो सम्पन्न, कथाले पायो प्रशंसा  ‘गोपी’को प्रिमियर शो सम्पन्न, कथाले पायो प्रशंसा 

चलचित्र हेरेपश्चात नेता योगेश भट्टराईले नेपाली मौलिक कथा बोकेको चलचित्र हेर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए ।त्यस्तै चलचित्रको ’गोपी’ जस्तै आफु पनि गाई पालन गर्दै आएको अनुभव साट्दै पुर्व संचार मन्त्री मोहन बस्नेतले पछिल्लो समय वैदेशिक रोजगारीका लागी नेपालीहरु पलायन भइरहेको अवस्थामा नेपाल मै केही गर्न सकिन्छ भन्ने संदेश चलचित्रले बोकेको र त्यो जमातलाई यो चलचित्र देखाउन सकिए चलचित्रको उदेश्य पुरा हुने विश्वास ब्यक्त गरेका थिए । 
 

‘गोपी’को प्रिमियर शो सम्पन्न, कथाले पायो प्रशंसा