हाँस्य कलाकारद्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’द्धारा सञ्चालित धुर्मुस सुन्तली फाउन्डेन्सनले अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउने भएका छन् । पछिल्लो समय समामाजिक कार्यमा सक्रिय रहेका यी जोडीले केही समय अघि अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउने घोषणा गरेका थिए । बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम बिच अन्तर्रा्ष्ट्रिय रंगशालाको औपचारिक निर्माण घोषणा गरिएको थियो । कार्यक्रममा क्रममा धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच सम्झौतापत्र हस्ताक्षर गरिएको हो ।

भरतपुरमा निर्माण हुने ‘गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला’ नाम दिइको रंगशालाको लगानी करिब ३ अर्ब रहने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथै देशका मन्त्री, विशिष्ट नेता, कलाकार बिचमा रंगशाला निर्माणको औपचारिक घोषणा भएको हो । त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय अन्तर्गत रहेको २० बिघ्घा ६ कठ्ठा जग्गामा रंगशाला निर्माण हुनेछ । रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ ।

धुर्मुस–सुन्तलीले ३ अर्ब लगानीमा अन्तर्रा्ष्ट्रिय रंगशाला बनाउदै 

रंगशालामा क्रिकेटसँगै अन्य खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने बताइएको छ । अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै रंगशाला निर्माणका लागि साढे तीन करोड बढी सहयोग जुटेको छ । कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ । देश–विदेशका नेपालीहरूबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउण्डेशनका अध्यक्ष धुर्मुसले बताएका छन् । यसअगाडी भूकम्प, बाढी पिडित तथा प्रकोपमा परेका जनताका लागि एकीकृत नमुना बस्ती निर्माण गरेका थिए ।