चलचित्र ‘ए मेरो हजुर २’बाट सिने नगरीमा डेव्यु गरेका नायक सलिनमान बनियाँको नयाँ चलचित्र ‘यात्रा’को टिजर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । यात्रा ः अ म्युजिकल ब्लग नामक चलचित्रको टिजरमा नायक सलिनमानको साथमा चलचित्रकी नव–नायिका मल्लिका महत्तको प्रेमलाई देखाइएको छ भने नायक सलोन बस्नेतलाई भिलेनको लुक्समा देखाइएको छ । चलचित्रमा सलिनमान, सलोन र माल्लिकाको अलावा रेयर राई, प्रेक्षा बज्रचार्य, जाहन्वी बस्नेत, विशाल कटुवालको मुख्य भूमिका रहेको छ । सम्राट शाक्यको निर्देशन रहेको चलचित्र यात्रामा सम्राटकै कथा र पटकथा रहेको छ । चलचित्रमा लगानी सुशिल पोखरेलको रहेको छ भने विक्रम पराजुली, रामशरण घिमिरे, मुक्ति तिमिल्सिना यसका सह–निर्माता हुन् । केशव भट्टराईको प्रस्तुती रहेको चलचित्रमा सर्जुमान लिगल कार्यकारी निर्माताको रुपमा छन् । चलचित्र आँउदो चैत्र २९ गतेबाट रिलिज हुने ।