आजबाट प्रदर्शनमा आएको एक्सन प्रधान चलचित्र रणवीरले प्रिमियर शो  सम्पन्न गरेको छ । गत राती कमलपोखरी स्थित कुमारीहलमा आयोजना गरिएको भव्य प्रिमियर शोमा चर्चित कलाकारसहित बिभिन्न क्षेत्रका बिशिष्ट  व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

चलचित्रमा नायक सुशिल सिटौला र प्रशान्त ताम्राकारको टकरावलाई प्रस्तुत गएिको छ । यसै चलचित्रबाट सिने नगरीमा दुई नव नायिका शुभेच्छा खड्का, सुपुष्पा भट्ट डेव्यु गर्दैछन् । चलचित्रमा रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ?

चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्  भने उनकैे कथा, पटकथा र संवाद रहेको छ । गत राती चलचित्रले आयोजना गरेको प्रिमियर शोमा यसले तारिफ पाएको छ । चलचित्रको एक्सनलाई दर्शकले रुचाएका छन् ।  
 

रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ? रणवीरको प्रिमियर सम्पन्न, को को पुगे कलाकार ?