आज शुक्रबार सिनेमा हलमा तीन नेपाली चलचित्र रिलिज भएका छन् । तीन फरक जनराको चलचित्र  गोपी, रणवीर र सय कडा दश आजबाट रिलिज भएको हो । आज बाट रिलिज भएको चलचित्र मध्य गोपीलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। नेपालमा बसेर गाईपालनमा लागेको युवाको कथाव्यथालाई देखाइएको चलचित्र गोपीमा अभिनेता बिपिन कार्की र अभिनेत्रीद्धय बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । चलचित्रले केही दिन अघि राजधानीमा गरेको बिशेष शोमा प्रशंसा पाइसकेको छ ।

गोपीको कथालाई दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी रहेको बताउछन। चलचित्रमा कथा निर्देशक लामाको रहेको छ भने  पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । संचारकर्मी श्रीधर पौडेल यस चलचित्रका कार्यकारी निर्माता हुन् । चलचित्रमा बिपिन, बर्षा र सुरक्षाको साथमा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल,केशव राईको  मुख्य  भूमिका रहेको छ।
 

त्यस्तै आजबाट एक्सन जनरामा बनेको चलचित्र रणवीर पनि रिलिज भएको छ । चलचित्रमा नायक सुशिल सिटौला र प्रशान्त ताम्राकारको टकरावलाई प्रस्तुत गएिको छ । यसै चलचित्रबाट सिने नगरीमा दुई नव नायिका शुभेच्छा खड्का, सुपुष्पा भट्ट डेव्यु गर्दैछन् । चलचित्रमा रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन्  भने उनकैे कथा, पटकथा र संवाद रहेको छ । गत राती चलचित्रले आयोजना गरेको प्रिमियर शोमा यसले तारिफ पाएको छ । चलचित्रको एक्सनलाई दर्शकले रुचाएका छन् ।

 आजबाट अर्को चलचित्र सयकडा दश पनि रिलिज भएको छ । भष्टाचार विरुद्ध मुख्य विषय बनाइएको चलचित्रमा राजाराम पौडेल, मनोज गुरेल, अमृत ढुङ्गाना, करुण श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवी डगोल, रश्मि भट्ट, टक राज आर्चाय, मानषी निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा रज्जु प्रधान, उत्तम खत्री, डिआर उपाध्याय, र संजीव नयौपानीको लगानी रहेको छ ।रज्जु प्रधानको कथालाई निर्देशक रामशरण पाठकले पटकथा तथा संवाद तयार पारेका छ