बरिष्ठ कलाकार बीएस राणाको ७८ वर्ष उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान निधन भएको हो ।
स्व.बीएस राणाको निधन भएको खबर चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन् । उनले ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका फिल्महरुमा अभिनय गरेका थिए । स्व.राणाप्रति भावपूर्ण श्रद्धाञ्जली