अभिनेता अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो फागुन १७ गते रिलिज हुने यो चलचित्रको ट्रेलर शुक्रवार राजधानीमा आयोजित कार्यक्रम बिच सार्वजनिक गरिएको थियो । चलचित्रका कलाकार, प्राविधिकसाथै अन्य चलचित्रकर्मीको उपस्थिति रहेको कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको थियो । फुटबल खेलाडीको कथा र व्यथालाई प्रस्तुत गरिएको क्याप्टेनमा ट्रेलरमा अनमोलको खेलाडी जीवनसँगै खेलाडी बन्न गरेको सङ्घर्षलाई देखाइएको छ ।
दिवाकर भट्टराईको निर्देशन र लेखन रहेको चलचित्रलाई अभिनेता भुवन केसीले निर्माण गरेका हुन् । चलचित्रमा अनमोलको साथमा उपासना सिंह ठकुरी, सुनिल थापा, प्रियङ्का एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा सामिप्यराज तिमल्सिनामो कथा रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।