छायाँकारको रुपमा स्थापति भइसकेका हरी हुमागाईले चलचित्र निर्देशन गर्ने भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रमबिच चलचित्रको अफिसियल निर्माण घोषणा गरिएको हो । ‘सरौतो’ नाम दिइएको चलचित्रलाई स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर फिल्म्स स्टुडियोले संयुक्त रुपमा निर्माण गर्न लागेको हो । चलचित्रमा श्री महर्जन सह–निर्माताको रुपमा रहेका छन् ।
एक्सन र रिभेन्जको कथामा बन्ने चलचित्रमा सुमी मोक्तान , सन्नी सिंह, विजय लामा, युवराज लामा, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मनिषा पुन मगर, प्रतिक दुलाल, मनोज तामांग लगायतको अभिनय रहेको छ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुँमागाईको छायांकन, राजकुमार उप्रेतीको एक्सन रहनेछ ।
यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , कोसिस क्षेत्रीको संगीत रहनेछ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांग र केतन क्षेत्रीको स्वर रहनेछ । यहि माघ २२ गतेबाट छायाँकन सुरु हुने चलचित्र काठमाडौँ , सिम्रौनगठ लगायतका स्थानमा छायांकन गरिनेछ ।