यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘समर लभ’को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकै गर्दा निर्माण पक्षले चलचित्रको नयाँ गीत सार्वजनिक गरेको छ । स्याड भर्सनमा रहेको ‘गुनासो छैन’ कसैलाई बोलको लिरिकल गीतमा पुष्पन प्रधानको शब्द तथा सङ्गीत रहेको छ भने स्वर रिकेश गुरुङको रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकारहरु आशिष पिया, रेवती क्षेत्री र सुरजसिंह ठकुरीका तस्बिरलाई राखिएको छ ।
चर्चित उपन्यास समर लभमा आधारित रहेर निर्माण भएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमिल्सेनाका रहेको छ । यसैै उपन्यासका लेखक सुविन भट्टराई र सामिप्याराज तिमिल्सेना मिलेर चलचित्रको संवाद तयार पारेका हुन् । चचित्रमा सञ्जय लामाको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रलाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् भने बिनोद अधिकारी यसका कार्यकारी निर्माता हुन् । चलचित्रमा आशिष, रेवती र सुरजसिंह ठकुरीको अलावा नम्रता सापकोटा, सरोज खनाल, शिशिर भण्डारी, ओमप्रतिक लगायतका मुख्य भूमिका रहेको छ ।