आँउदो फागुन १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘क्याप्टेन’को नयाँ गीतको छायाँकन समापन भएको छ । सोमबार ललितपुरको एक पार्टी प्यालेसमा चलचित्रमा समावेश हुने गीतको छायाँकन गरिएको थियो । जसमा चलचित्रका मुख्य नायक अनमोल केसीको साथमा अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहले कम्मर मर्काएका छन् ।

‘कर्ली कर्ली’ बोलको गीतको छायांकनमा अनमोल केसी मात्र आकर्षणमा थिएनन् । यो गीतमा अनमोलका पिता तथा नायक भूवन केसीलाई पनि आफ्नै स्टाइलमा देख्न पाइनेछ । अनमोल र भूवनको साथमा नायिका निरुता सिंहको स्टाइलले दर्शकलाई मोहित बनाउनेछ ।मेलिना राई र एसडी योगीको आवाजमा तयार भएको यो गीतमा एसडीकै शब्द तथा संगीत छ । गीतको भिडियोको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी थिइन् । 

अनमोलसँग मख्ख निरुता, ‘क्याप्टेन’ गीतमा भूवनसँग जोडी (फोटो फिचर) 

फागूण १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् ।
यो गीतको बिषयमा निर्माता समेत रहेका भूवनले भने–‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ । दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु ।’

अनमोलसँग मख्ख निरुता, ‘क्याप्टेन’ गीतमा भूवनसँग जोडी (फोटो फिचर) 

दिवाकर भट्टराइको  निर्देशनमा तयार भएको चलचित्रमा सुदिप बरालको छायांकन छ । यो गीत केही दिनमै रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । कलाकारको पहिरनको डिजाइन स्वर्णिम राइले गरेकी हुन् । 
 

अनमोलसँग मख्ख निरुता, ‘क्याप्टेन’ गीतमा भूवनसँग जोडी (फोटो फिचर)