बलिउड अभिनेता सलमान खानको निर्माण तथा अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइट पाकिस्तानमा प्रदर्शनमा नआउने भएको छ । इदको अवसर पारेर विश्वभर प्रदर्शनमा आउन लागेको ट्युबलाइट पाकिस्तानका सिनेमा घरमा नलाग्ने भएपछि खानका पाकिस्तानी प्रशंसकहरु निराश भएका छन् ।भारतीय चलचित्र निर्यात संघका अध्यक्ष हिराचन्द दण्डले पाकिस्तानमा दुई ठूला चलचित्र इदकै अवसरमा प्रदर्शनमा आउन लागेकाले पाकिस्तानी वितरकहरु ट्युबलाइटको प्रदर्शन गर्न हिचकिचाएको बताए । 


दुई पाकिस्तानी चलचित्रहरु ‘यालघार’ र ‘शोर शराबा’को प्रदर्शन मिति ट्युबलाइटको प्रदर्शनसँग जुधेकाले ट्युबलाइट निर्माताले पाकिस्तानबाट हुने आम्दानी गुमाउने भएको छ ।। कबिर खानद्वारा निर्दे्शित चलचित्रमा सलमान खानका साथै सोहेल खान, ओम पुरी, चिनियाँ कलाकार झु झुलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सन् १९६२ को भारत–पाकिस्तान युद्धको विषयमा आधारित छ