यहि आँउदो फागुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’को प्रचारप्रसार यतिबेला भइरहेको छ । प्रमोसनको क्रममा चलचित्रका मुख्य नायक अनमोल केसी मोफसल प्रमोसनमा पुगेका छन् । अनमोल नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृर्षि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुरामा पुगेका थिए । क्याप्टेनको टिमसहित पुगेका अनमोललाई ेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यावस्थाका साथ मञ्चमा उकालिएको थियो ।
महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए । लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको सिनेमा क्याप्टेनका विषयमा सवाल जवाफ समेत भएको थियो । ।
दर्शकले अनमोललाई क्याप्टेन कहिले रिलिज हुन्छ रु भनेर सोधेका थिए । उनले सिनेमा फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरी अनमोलले दर्शकलाई क्याप्टेन कहिले रिलिज हुन्छ रे रु भनेर दर्शकलाई सोधेर उनले हजारौँ दर्शकमाझ सिनेमाको प्रचार पसार गरे ।
योसँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत रहर छ सँगै बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए । भने सिनेमाको ट्रेलरमा समावेश केही डाइलग बोलेर दर्शकलाई सुनाए । पहिलो पटक नेपालगन्ज पुगेका अनमोल दर्शकमाझ अमृत सरह भए । महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई हेर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ