अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र सन्जोगले सोमबार काठमाडौँको एक होटेलमा टिका टालो गरेका हुन् । दुई परिवारबिच यी दुईले औँठी साटासाट गरेका थिए । फागुन २ गते हिन्दु परम्परा अनुसार दुवैले विवाह गर्नेछन्।
प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहँदा दुवै निकै उत्साहित रहेका छन्। दुवैले विवाहको मिति सार्वजनिक गरे सँगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिँदै आएका छन्। निकै रुचाइएको यो जोडीले पारिवारिक सदस्यको उपस्थितिमा ‘इन्गेजमेन्ट गरेका हुन्। वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन् भने सन्जोग चलचित्र सँगै व्यवसायमा सक्रिय रहेका छन्।