युवास्टार अनमोल केसी यति बेला चलचित्र ’कृ’ को सुटिङमा व्यस्त छन् । करिब एक वर्षको अन्तराल पछि अनमोलले ’कृ’को सुटिङ गरेका हुन् । युवा फ्यान धेरै कमाउन सफलक अनमोलले काम गरेको अहिले सम्म सबै चलचित्र सुपरहिट छन् । अनमोर्ल नेपाली सिने वृतमा महँगो पारिश्रमक लिने कलाकारमा पर्छन् । यसै िबषयमा अनमोलका बुवा अभिनेता भुवन केसीले एक अन्तवार्तामा अनमोल अरू कलकारजस्तो पैसाको लोभमा जस्तो पनि चलचित्र खेल्ने कलाकार नरहेको बताएका छन् ।
उनी भन्छन् , 'नेपाली सिनेमामा स्टारडमको खडेरी परिरहेको बेला अनमोलले ब्याक टु ब्याक हिट सिनेमा दिएर स्टारडम खडेरीमा वर्षा सिर्जना गरेको छ ।राम्रो फ्यानहरु कमाएको छ । अन्यको जस्तो पैसाको लोभमा परेर जस्तो पायो त्यस्तो सिनेमामा काम नगरेर एक किसिमको स्टारडम मेन्टेन गर्न सफल भएको छ ।'
अनमोल अभिनेता भुवन केसी र अभिनेत्री सुस्मिता केसीका सन्तान हुन । तर उनीहरू बिचको डिभोर्स भएको करिब १६ वर्ष भन्दा बढी हुन लागीसकेको छ । अनमोल आफ्नो आमा सँग बस्दैनन् । उनी सानैदेखि बुवा भुवन केसीसंगै बस्दै आइरहेका छन् । भुवन भन्छन् , 'अनमोल सानै देखि मसँगै बस्दै आइरहेको छ । मैले आमा र बुवा दुवैको माया दिने प्रयास गर्छु । आज छोराको सफलता देख्दा खुसी लाग्छ ।'