युवा स्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ यही फागुन १७ गतेबाट रिलिज हुदैँछ । दिवाकर भट्टराईको निर्देशन रहेको क्याप्टेनबाट दुई नायिका डेव्यु गर्दैछन् । जसमध्ये एक उपासना सिंह ठकुरी हुन् ।
पछिल्लो केही दिन देखि उपासना क्याप्टेनमा प्रमोसनमा व्यस्त छिन् । अनमोलसँग अपोजिट रहेन डेव्यु गर्न पाउनु आफ्नो लागी ठुलो अवसर रहेको बताउने उपासनालाई अनमोलको कारण छायामा पर्छु की भन्ने डर नरहेको बताउँछिन् ।
उनी भन्छिन् ‘अनमोल हाम्रो लागी स्टार हो । उनले छोटो समयमा यति धेरै काम गरेको छ । जसको कारण उनको चर्चा हुनु स्वाभाविक हो ।उनको साथमा डेव्यु गर्नु अवसर हो , छायामा पर्छु भन्ने डर कदापि छैन । ’
तस्बिर : अन्जान