चलचित्र ’रुद्र’को ट्रेलर सार्वजानिक भएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजानिक गरिएको हो । अभिनेता निखिल उप्रेती प्रोडक्सनबाट बनेको चलचित्र ’रुद्र’मा उनी नव नायिका साराको लागी लडिरहेको देख्न सकिन्छ ।
रामजी लामिछानेको निर्देशनमा रहेको चलचित्रमा निखिल उप्रेती, विश्व शर्माको मुख्य भूमिका रहेको छ भने यसै चलचित्रबाट नव नायिका साराले डेव्यु गर्दै छिन् । चलचित्रमा कल्पना कुमारी कटुवाल, भक्त प्रसाद शर्माको लगानी रहेको छ । साउन १३ गते प्रदर्शन हुने ‘रुद्र’को सोही दिन चलचित्र प्रेमगीत पनि प्रदर्शन हुदैँछ ।
‘३६५ दिनमा कति धेरै चलचित्रहरु निर्माण भएका हुन्छन् । एक अर्कासँग जुध्नु भनेको स्वभाविक हो । तर, साँढेको जस्तो जुधाई भने निर्माता बिच हुनु हुदैनन् ।’ निखिलले बताए । चलचित्र प्रेम कहानीमा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
हेर्नुस् लभसँगै एक्सनले भरपुर भरिएको ‘रुद्र’को ट्रेलर :