शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा प्रेम, बिछोड, मित्रता लगायतका कुरालाई समेटिएको छ । ट्रेलर रिलिजको करिब तीन दिनभित्र युट्युबमा यो ट्रेलरलाई एक लाख भन्दा बढिले हेरिसकेका छन् । वसन्त अधिकारीको निर्देशन रहेको चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सुमि मोक्तान, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । युट्युबमा यो ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रका मुख्य नायक मनिष क्षेष्ठले प्रशंसा पाइरहेका छन् भने अन्य कलाकारको अभिनयको तारिफ भएको छ । रोशनी केसीको प्रस्तुति रहेको चलचित्र जानी नजानी लाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् । चलचित्रमा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ भने कोरियोग्राफी कविराज गहतराज, प्रवीण सिंह, शिशिर खातीको रहेको छ । सञ्जय लामाको छायाङ्कन रहेको चलचित्रलाई सम्पादन अर्जुन जिसीले गरेका हुन् । चैत्र १ गते रिलिजको तयारीमा रहेको यो चलचित्रको एक गीत रिलिज भइसकेको छ ।