फिल्म ‘धनपती’को नयाँ गीत सार्वजानिक भएको छ । ‘सुख दुख’ बोलको उक्त गीत शुक्रवार युवट्युव मार्फत सार्वजानिक भएको हो । आधा सुर र शारदा अधिकारीको आवाजमा रहेको उक्त गीतमा आधा सुरको शब्द तथा सङ्गीत रहेको छ  । धनपति भित्रको दुख अनि दुख भित्र लुकेका सुखलाई सार्वजानिक भिडियोमा देखाइएको छ ।

 दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘धनपति’मा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, मनिष निरौला, हरिहर शर्मा, अशान्त शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । 'टुकि आर्ट' र 'दिपेन्द्र के खनाल प्रोडक्सन'को ब्यानरमा तयार भएको धनपतिका लेखक नायक खगेन्द्र स्वयम् हुन् । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । धनपति यही असार २३ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।