सोमबारबाट काठमाडौँस्थित मण्डला थिएटरमा ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आतिथ्यमा कार्यक्रमको उद्धघाटन भएको थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कला प्रेमी मान्छे रहेको र सरकार पनि कलाकारको सरकार रहेको बताए । त्यस्तै प्रधानमन्त्री ओलीले कलाकारलाई प्रोत्साहन गर्न आगामी वर्षदेखि बजेट छुट्ट्याइने बताए । 

मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

महोत्सवमा संस्कृतिविद् सत्यमोहन जोशीसहित ९ जना नाट्य क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका नाट्यकर्मीहरूलाई सम्मानित गरिएको थियो । प्रधानमन्त्री ओलीले नाट्यकर्मी प्रचण्ड मल्ल, शकुन्तला शर्मा गुरुङ, नाटककार एवं समालोचक अभि सुवेदी, नाट्य निर्देशक अशेष मल्ल, सबिन लेहमेन र कलाकारहरू सुभद्रा अधिकारी, सुनिल मिश्र, सूर्य माला शर्मालाई ताम्रपत्र प्रदान गर्दै सम्मान गरेका छन् ।
 

मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ मण्डलामा सुरु भयो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

मङ्गलवारदेखि काठमाडौँका चार थिएटरहरूमा नियमित नाटक मञ्चन हुँदैछ । अनामनगरस्थित मण्डला थिएटर, बत्तिसपुतलीको शिल्पी थिएटर, टेकुको कौसी थिएटर र किर्तिपुरको थिएटर मलमा फरक फरक नाटकहरू देखाइने छ । नेपाल, भारत, बङ्गलादेश, अफगानिस्तान, नर्वे, इटाली लगायत ८ देशका ३० फरक नाट्य समूह यसमा सहभागी छन् ।