यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ टिम यतिबेला प्रमोसनमा व्यस्त छन् । प्रमोसनकै क्रममा ‘क्याप्टेन’ टिम राजेश हमालले संचालन गर्ने ‘को बन्छ करोडपति’ सेटमा पुगेर खेलमा सहभागी भएका छन । कुनै समय सिनेमा नगरीमा प्रतिश्पर्धीको रुपमा लिइने दुई अभिनेता भुवन केसी र राजेश हमाल पहिलो पटक एकसाथ मिडियामा एकअर्काको तारिफ गर्दै देखा परे ।
को बन्छ करोडपतिमा भूवन र राजेशको साथमा अभिनेत्री निरुता सिंह र अनमोल केसीपनि हुनेछन् । शोमा अभिनेत्री उपासना सिंह ठकुरी र प्रियंका एमभीपनि सहभागी भएका थिए । चलचित्र क्याप्टेन यहि शुक्रबारबाट रिलिज हुदैँछ । चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने अभिनेता भूवन केसीले निर्माण गरेका हुन्।