पछिल्लो समयको चर्चित गीत ‘मन मगन’को कारण चर्चामा रहेका गायक दिपक बज्रचार्यले पहिलो पटक नेपाली चलचित्रमा संगीत दिने भएका छन् । नेपाली गीतसंगीतमा सक्रिय रहेका बज्रचार्यका दर्जनौँ गीतहरु हिट छन् । जसमध्य पछिल्लो समय मन मगन एक हो । 
गायक बज्रचार्यको संगीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकडिङ काठमाण्डौको कृपा डिजिटल स्टूडियोमा गरिएको हो ।

 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रमा ३ वटा गीत समावेश छ । जसमा ‘जाम्न माया जाम’ बोलको केही फरक गीत दिपक बज्रचार्यले तयार पारेका हुन् ।गायक बज्रचार्यले सामान्य शब्दमा गीत तयार गर्दा दर्शकको मुखमा झुन्डिन्छ भन्ने आफूले वुझेको बताए ।
यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ ।

‘मारुनी’को गीतमा दिपक बज्रचार्यको स्वर र संगीत 

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्पल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गरिने निर्मात्री गौतमले बताइन् ।फागूणको १८ गतेबाट छायांकन सुरु गर्न लागिएको चलचित्रलाई आउँदो बर्षको भदौ १३ गते रिलिज गर्ने पक्का गरिएको छ । यो चलचित्रलाई नवल नेपालले निर्देशन गर्न लागेका हुन् ।