अभिनेत्री प्रियङ्का कार्कीको आज जन्मदिन , उनी आजबाट ३२ वर्षमा प्रवेश गरेकी छिन् । पछिल्लो समयकी व्यस्त तथा चर्चित नायिकामा प्रियङ्काको नाम अगाडी आउँछ ।  ‘मेरो वेस्ट फ्रेन्ड’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियङ्काले हालसम्म दर्जनौँ चलचित्रमा काम गरिसकेकी छिन् । प्रियङ्का २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् । ३२ वर्षको केक काट्दै गर्दा प्रियङ्का उमेरसँगै आफूमा जिम्मेवारी अझै बढेको बताउँछिन् ।

प्रियङ्काले केही साताअघि प्रेमी आयुष्मान देशराज जोशीसँग मिलेर आयंका फाउन्डेसन नामक संस्था सुरु गरेकी छिन् । पछिल्लो समय सामाजिक सेवामा सक्रिय प्रियङ्का र आयुष्मान हालै महिनावारी र वातावरण स्वच्छता दूतमा नियुक्त भएका छन् । प्रियङ्का भन्छिन् ‘यतिबर्षसम्म दर्शकले माया र साथ दिनु भएको छ । अबको समय हामीले पनि देशको लागी केही गर्ने बेला हो । चाँडै आयंका फाउन्डेसनले वातावरण र महिनावारी सम्बन्धी कार्यक्रमहरू अगाडी ल्याउने छ । ’ 
 

३२ वर्ष पुगिन् प्रियङ्का, परिवारसँग यसरी मनाइन् जन्मदिन (भिडियो) ३२ वर्ष पुगिन् प्रियङ्का, परिवारसँग यसरी मनाइन् जन्मदिन (भिडियो) ३२ वर्ष पुगिन् प्रियङ्का, परिवारसँग यसरी मनाइन् जन्मदिन (भिडियो)