भदौ ८ गते रिलिज हुने फिल्म ‘तिमी सँग’को टिजर सार्वजानिक भएको छ । शुक्रवार साझ युवट्यव मार्फत फिल्मको टिजर सार्वजानिक भएको हो । शिशिर राणाको निर्देशनमा तयार भएको फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ ।
सार्वजानिक टिजरमा त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । पुनहिलको हिऊसँगै मनोरम दृश्यहरू समावेश गरिएको टिजरमा अभिनेत्री करिष्मा मानन्धर पनि अटाएकी छिन् । फिल्मका निर्माता, लेखक र निर्देशक शिशिर राणा हुन ।