अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी मिलेर सञ्चालन गरिएको आयंका फाउण्डेशनले आफ्नो पहिलोे सेवाको थालनी गरेको छ । सोमबार प्रियंका र आयुष्मानसँगै आयंका फाउण्डेशनको टिमले धनुषा जिल्लाको तीन विद्यालयमा पन्चकन्या फाउन्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ ।
धनुषाको जनता मावि, हरिपुर निगाहपुर मावि र आधारभूत माविमा पुगेर यो टिमले हरेक बिद्यालयमा दुईवटा शौचालय जुन महिलामैत्री रहनेछन् भने ९ वटा बिभिन्न फल दिने बोटबिरुवा, २ थान डस्टबिन र सय थान ब्याग वितरण गरेको थियो ।
त्यस्तै के जि एच फाउन्डेसनको सहयोगमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडकिट पनि वितरण गरिएको थियो । अभिनेत्री कार्कीको सोमबार तिथी अनुसारको जन्मदिन परेर उनले उक्त बिद्यायलमा केक पनि काटेकी थिइन् ।