चलचित्र ‘यात्राः अ म्युजिकल भल्ग’मा समावेश भएको ‘चट्ट रुमाल क्या मालुम’बोलको गीत सार्वजनिक भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रम बिच चलचित्रको गीत सार्वजनिक गरिएको थियो । करिब दुई दशक अघिको हिट चलचित्र आफ्नो मान्छेमा समावेश रहेको ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीत निकै चर्चित रहेको थियो । गीतमा स्व.अभिनेता श्री कृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहको नृत्य रहेको छ । सोही िगीतको रिमेक गीत यात्रा चलचित्रमा समावेश गरिएको छ । जसमा मेलिना राई र गायक धमेन्द्र सेवानको स्वर रहेको छ भने बाबु राम दाहालको शब्द र शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । भिडियोमा चलचित्रत्रका मुख्य कलाकारहरु सलिनमान बँनिया, सलोन बस्नेत, मल्लिका महत, रेअर राई, प्रेक्षा बज्राचार्यले कम्मर मर्काएका छन् । भिडियोलाई प्रविन सिंहले कारियोग्राफी गरेका हुन् ।
भल्गरको कथामा निर्माण भएको चलचित्र यात्रालाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । निर्देशक शाक्यको कथा रहेको चलचित्रलाई सुशील पोखरेलले निर्माण गरेका हुन् । चलचित्रमा सलिनमान, सलोन, मल्लिका, रेअर, प्रेक्षाको साथै जान्वी बस्नेत, जयनन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटुवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ । यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्र चैत्र २९ गते देखि रिलिज हुँदैछ ।