चैत्र १ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा पुरानो बुलेटको टाइटल गीत सार्वजनिक भएको छ । ‘मेरो पुरानो बुलेटैमा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । सार्वजनिक लिरिकल गीतमा स्वर, शब्द तथा संगीत जयन जे. वाइवाको रहेको छ । सार्वजनिक भएको यस भिडियोमा सिनेमाका केही दृश्यहरु समेत समेटिएका छन् । सिनेमालाई सञ्चारकर्मी भिषण राईले निर्देशन गरेका हुन् ।
 

यो सिनेमामा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायतका कालकारको अभिनय रहेको छ । सिनेमामा कथा तथा पटकथा निर्देशक राईको र कार्यकारी निर्माता सन्तोष राईले लेखेका हुन् सिनेमालाई अशोक कुमार राई, दीपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले संयूक्त रुपमा निर्माण गरेका हुन् । सिनेमामा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बु र जयन जे. वाइवाकोे संगीत, राजेशपायल राई, मेलिना राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहेको छ ।