कुनै एक समय थियो जतिबेला कलाकारहरु आफ्नो प्रेम सम्बन्धको बारेमा खुलाउन चाहन्दैनन् थिए । प्रेम सम्बन्धको बारेमा केहि बाहिर सार्वजानिक भए करियर नै डामाडोल हुने डर हुन्थ्यो । तर, पछिल्लो समय यो मान्यतामा केहि फरकपन आएको छ । बिशेषत पछिल्लो समय भित्रिएका कलाकारहरु आफ्नो प्रेम सम्बन्धको बारेमा लुकाउदैनन् ।

यसैभित्र पर्दछन् नायक सलोन बस्नेत र नायिका करिष्मा श्रेष्ठ । आफ्नो प्रेम सम्बन्धको बारेमा मिडिया सामु खुलस्त रुपमा स्विर्कान नसके पनि यी दुईले आफ्नो प्रेम सम्बन्ध भने लुकाएका भने छैनन् । बाल कलाकारको रुपमा चर्चित सलोनले नायकको रुपमा होस्टेल बाट डेव्यु गरेका थिए । यस्तै करिष्माले आफ्नो पहिलो चलचित्र सलोनको साथमा गरेकी थिइन् ।

चलचित्र ‘बाबु कान्छा’मा एकसाथ काम गर्दै छन् । आफुहरु प्रेम सम्बन्धमा रहेता पनि अहिले ब्रेकअप भएको उनीहरुको भनाइ छ । करिष्मा भन्छिन् ‘हामी एक अर्कासँग नजिक छौँ । प्रेमको सम्बन्ध भन्दा माथी हाम्रो सम्बन्ध छ । हामी एक अर्कालाई बुझछौँ । माया गछौँ , साथ दिन्छौँ ।’ यी दुईले मिडिया सामु आफ्नो बे्रकअप समेत भएको बताएका छन् । सलोन भन्छन् ‘कुनै बेला मायामा थियौ सायद तर त्यसलाई प्रेमकै सम्बन्ध भन्न मिल्दैन । अहिले हामी अझ एक अर्कालाई बुझ्ने भएका छौँ । भविष्यमा के होला होला । अहिले भने हामी साथी हौँ । ’