चैत्र ८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कागजपत्र’ले आफ्नो प्रचार प्रसार आक्रमक रुपमा सुरु गरेको छ । अपिल बिष्टको निर्देशन रहेको चलचित्रले पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ्ग मलमा प्रमोसन सुरु गरेको छ ।
महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु गरेको प्रचार प्रसार कार्यक्रमको निरन्तरता स्वोरुप हिजो शनिबार काठमाडौंको चुच्चेपाटी स्थीत के एल टावरमा दर्शकसँग प्रत्यक्ष भेटघाट तथा सिनेमाको रिलिज बारेमा जानकारी कार्यक्रमको आयोजना गरिएको थियो । अब हरेक शनिबार बिदाको दिन पारि विभिन्न राजधानीमा लगायतका सपिङ्गमा सिनेमाको प्रचार गरिने निर्माण टिमले जनाएको छ । यसका साथै प्रचार प्रसारका अन्य थुप्रै कार्यक्रमहरु सार्वजनिक गर्दै जाने निर्माण टिमको योजना छ ।
नक्कली बिहे गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथामा निर्माण भएको सिनेमामा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । सिनेमाको यसअघि सार्वजनिक गीत मायाको संसार र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेकाले गर्दाै पनि सिनेमाले राम्रो व्यापार गर्ने अपेक्षा निर्माण टिमलाई छ ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको सिनेमामा वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको सिनमामा खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको छ । यस्तै कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । सिनेमामा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासमिर डिक्शनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।