यहि चैत १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साँइली’ टिम यतिबेला मोफसल प्रमोसनमा रहेको छ । मोफसल प्रमोसनको क्रममा हाल यो टिम पुर्व पुगेको साइँली टिमले त्यहाँको स्कुल कलेजहरुमा प्रचारप्रसार गरेको छ । प्रचारप्रसारलाई व्यापक बनाउन फिल्मका तर्फबाट निर्माता तथा नायक गौरब पहारी, नायिका मेनुका प्रधान र अभिनेता दयाहाङ राई उपस्थित छन् । टिमले धरानको पब्लिक हाईस्कुल, सियोन कलेज र युएन कलेजमा पुगेर फिल्मका बारेमा जानकारी गराएका छन् । करिब १५०० विद्यार्थी संग टिमले प्रत्यक्ष भेटघाट गरेको छ । गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो ।

साईली गीतमा गौरव र मेनुका नै फिचर्ड थिए भने फिल्ममा पनि यहि जोडि मुख्य भुमिकामा छन् ।  गीतले बैदेशिक रोजागारीमा गएका श्रीमान र गाउँमा श्रीमानको प्रतिक्षा गरेर दिन काटिरहेकी श्रीमतीबीचको प्रेम बुनिएको थियो । गीतको मर्मलाई नै फिल्मको मुख्य पाटो बनाईएको छ । तर फिल्ममा भने श्रीमान बैदेशिक रोजगारीमा जानुअघिको कथालाई उठान गरिएको छ ।यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस चलचित्रमा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको रहेको छ ।